पुर्व सांसदलाई हराउँदै २८ वर्षे मन्टु मेयरमा निर्वाचित!

७ असोज, पर्सा । पर्साको  पोखरीया नगरपालिकाको मेयरमा नेपाली जनता दलले  जित हात पारेको छ ।यो उसको दोस्रो स्थानिय तहको जित हो।  जनता दलका २८ वर्षीय दीपनारायण रौनियार (मन्टु) दुई जना पूर्व सभासदलार्इ पराजित गर्दै मेयरमा बिजयी भएका छन् ।

मेयरमा जनता दलका दीपनारायण रौनियारले ३०२६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी पूर्व सभासद संघीय फोरमका प्रधुम्न चौहानले २७६७ मत र तेस्रो स्थानमा पूर्व सभासद रहेका नेपाली कांग्रेसका रामेश्वर रौनियारले १६६३ मत प्राप्त गरेका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया