प्रम देउवाको व्यवहारले अमेरीकामा भयो देशकै बेइजत!(भिडियो सहित)

न्युयोर्क, ८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले ६० जना सम्म मन्त्री बनाउन सकिने बताएर पुन खैलाबैला मच्चाएका छन्।

अमेरिका स्थित कोलम्बिया यूनिभर्सिटीमा विद्यार्थीहरूको सवाल जवाफमा बचल्दै  देउवाले यस्तो बताएका हुन्।उनले  सदको कुल संख्याको १० प्रतिशत मन्त्री बनाउन पाउने अधिकार संविधानले दिएको बताए । अहिले देउवाको मन्त्रिमण्डलमा ५६ जना मन्त्री छन्।

 

साथै ,प्रधानमन्त्री देउवाले सवाल जवाफमा दिएको प्रश्तुतीले देशकै शिर झुकेको छ। विश्वकै एउटा उत्कृष्ट विश्वविद्यालयका विद्यार्थीमाझ प्रधानमन्त्रीको प्रस्तुतिले उपश्थित विद्यार्थी पनि अचम्मित बनेका थिए । कतिपय प्रश्नको  अंग्रेजीमा जवाफ दिएनि देउवाले कतिपय प्रश्न भने बुझ्नै सकेनन्।

प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा आएको मौका पारेर विश्वविद्यालयले सवालजवाफ कार्यक्रम राखेको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया