भारतले नेपालको अदालतमा पनि हस्तक्षेप गर्ने गरेको खुलासा!

नेताहरू र देशको राजनैतिक मामलामा हस्तक्षेप गर्दै आइरहेको भारतले नेपालको अदालतमा समेत हस्तक्षेप गरेको खुलासा भएको छ।

नेकपा एमालेले यसको कडा निन्दा गरेको छ।तथापि भारतले कुन अदालतलाई दबाब दिएको हो त्यो भने उसले खुलाएको छैन।

आज सकिएको केन्द्रीय समितिको बैठकका निर्णयहरूको बाह्र नम्बर बुँदामा एमालेले यस्तो खुलासा गरेको हो।

यस्तो छ बाह्र नम्बर बुँदाको निर्णय!

 स्वतन्त्र न्यायपालिकाकामाथि नै आँच पु-याउने गरी भारतीय पक्षबाट अदालतलाई कुनै मुद्दामा आफ्नो हित अनुकूल फैसला हुनुपर्ने भनी पत्र लेख्ने कामप्रति यस बैठकको गंभीर ध्यानाकर्षण भएको छ । उक्त पत्रलाई अस्वीकार गर्दै फिर्ता गर्नुको साटो नेपालको परराष्ट्र मन्त्रालयले सम्बन्धित अदालतलाई पठाउने कार्यको यो बैठक भत्र्सना गर्दछ । नेपालको संविधान र स्वतन्त्रताको हेक्का राख्न सम्बन्धित सबै पक्षलाई सचेत तुल्याउन चाहन्छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया