कोमल ओलीले राप्रपा छाडिन्!

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी  केन्द्रीय सदस्य एवं गायिका कोमल वलीले सोमबार राप्रपा छाडेर एमालेमा प्रवेश गरेकी छिन् ।उनी राप्रपाकी निर्वाचित केन्द्रीय सदस्य थिइन्। दाङमा आयोजित एक कार्यक्रममा एमाले नेता वामदेव गौतम र अर्का नेता शंकर पोख्रेलले ओलीलाई पार्टीमा भित्र्याएका हुन् । ओलीसँगै कांग्रेस नेता बलिभद्र राना मगर पनि एमालेमा प्रवेश गरे ।

ओली गएको मंसिरमा राप्रपा प्रवेश गरेकी थिइन्।
राप्रपामा विभाजन आएपछि सँगै राप्रपामा प्रवेश गरेका दुई सेलिब्रेटी ओली र रेखा थापाले छोटो अवधिमै पार्टी परिवर्तन गरेका हुन् । एमाले अध्यक्षकै हातबाट पार्टी प्रवेशको कार्यक्रम राखिए पनि ओलीको व्यस्तताले गौतमले फूलमाला र खादासहित पार्टी प्रवेश गराएका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया