विक्रम पाण्डे र प्रचण्ड एउटै क्षेत्रमा भिँड्ने!

चितवनको क्षेत्र नम्बर तीनमा आगामी प्रतिनिधि शभाको चुनावमा हाई प्रोफाइल भिडन्त हुने निश्चित भएको छ।उक्त क्षेत्रमा राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डे र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आमनेसामने हुन लागेका हुन्।

दुवै नेताले अहीले आन्तरिक रणनीति बनाउन छन्।उक्त क्षेत्रमा लोकप्रिय पाण्डे सामु प्रचण्डलाई सजिलो भने हुने छैन । देशभरमा कम मात्रै निर्वाचित सांसद भएको राप्रपाको पहिलेको चितवन क्षेत्र नं–५ मा पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले विजय हासिल गरेका थिए ।सोही क्षेत्रलाई भरतपुर महानगरपालिकामा जोडेर अहिले क्षेत्र नं ३ बनाइएको छ र यही  क्षेत्रबाट दाहालले निर्वाचन लड्न आँटेका हुन्।

तर क्षेत्र नं ३ बाट नै  निर्वाचन लड्ने वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेको तयारी छ । र विक्रम पाण्डे अहिले आन्तरिक तयारी र रणनीतिमा जुटेका छन्।
केही दिनअघि पार्टीको केन्द्रीय प्रशिक्षण विभागका प्रमुख एवं महामन्त्री ध्रुवबहादुर प्रधानको उपस्थितिमा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।

चितवनलाई संघमा तीन र प्रदेशमा ६ क्षेत्रमा विभाजन गरिएको छ । यसअघि चितवन– ५ क्षेत्रमा विभाजित थियो ।
क्षेत्र नं ३ मा भरतपुर महानगरपालिकाका केही वडा र माडी नगरपालिका प्रर्दछ । भरतपुर महानगरपालिका–६, ८, ९, १५ देखि २० सम्म, २६, २७, २८ ‘क’ प्रदेशमा र भरतपुर महानगरपालिकाका बाँकी वडा र माडी नगर पालिका ‘ख’ प्रदेशमा पर्दछन् ।
दोस्रोचरणको निर्वाचनमा परेको चितवनमा कात्तिक १६ गते मनोनयन दर्ता गरिँदै छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया