“शिक्षा मन्त्री थारो गाई पालेर पोसिलो दुध खोज्दै छन्” -राप्रविसं महासचिव बस्नेत

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन राप्रविसंका महासचिव राज बस्नेतले शिक्षा मन्त्रीले थारो गाइ पालेर पोसिलो दुधको आस गरेको आरोप लगाएका छन्।उनको यो आरोप शिक्षा ऐनको नवौ शंसोधनमा शिक्षा मन्त्रीले देखाएको गैर जिम्मेबारी चरित्रमाथिको आरोप हो।

 

बस्नेतले भनेका छन्-शिक्षा मन्त्रीले गुणस्तरिय शिक्षाका कुरा गर्नु भो अनि प्राविधिक शिक्षाको पनि तर उहाँको ब्यबहार र चरित्र चैँ भै गो अहिले जे छ त्यही राम्रो छ भन्ने खालको देखियो।यसबाट के बुझिन्छ भने उहाँ बोलीले पोसीलो दुध खोज्ने अनि व्यवहारमा चै थारो गाइ पाल्ने जस्तो देखियो।

शिक्षा मन्त्रीले आज विद्यार्थी सङ्गठन हरू सँग गैर जिम्मेवार पुर्ण व्यवहार देखाएको र उनी ऐनको बारेमा पक्षपाति ढङ्गले कसैको कुरा नसुनी एकलौटी पेलेर जाने पक्षमा देखिएको बस्नेतले बताए।

उनले मन्त्रीलाई विद्यार्थीको पनि मन्त्री बन्न आग्रह गरेका छन् ।एउटालाई अपाङ्ग बनाएर अर्कोलाइ हिँड्न सक्ने बनाउने खेलमा मन्त्री ज्यु हुनुन्छ यो अत्यन्तै दुखद छ।साथै बस्नेतले पच्चिस हजारको जीवन सुरक्षित गर्न तत्काललाई सात लाख र केही वर्ष भित्रमा सत्तरी लाखको भविष्य अनिश्चयको भुमरीमा पार्न सरकार उद्दत रहेको पनि आरोप लगाएको छन्।

” नया पुस्तालाई रोकी प्रतिस्पर्धा छलेर पुरानालाई  सार्वजनिक शिक्षा सुम्पदा खच्किएको गुणस्तरियता उक्सिनु भन्दा झनै नाजुक अवस्थामा पुग्ने निश्चित छ तथापि सरकार गुणस्तरियतालाई वेवास्ता गर्दै शिक्षालाई कार्यकर्ता भर्तिकेन्द्र बनाउन लागेको उनले बताए।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया