मन्त्री बोहराको अर्को उत्कृष्ट काम- कागज बिहीन मन्त्रालय बनाउने अभियानको सुरूवात

विज्ञान तथा प्रविधी मन्त्री दीपक बोहराले आफ्नो मन्त्रालयलाई कागज रहित मन्त्रालय बनाउने उद्घोष गरेका छन्।

आज मन्त्रालयमा आयोजित बडा दशैँको शुभकामना आदन प्रदान कार्यक्रममा मन्त्री बोहराले उक्त उद्घोष गरेका हुन्।यसअघि मन्त्रीले सरकारी सुचनालाई अनलाइनकरण गर्ने काम गरेका थिए।साथै मन्त्रीले आगामी दिनमा प्रविधीको प्रयोगलाई उच्च गतिमा बढवा दिँदै सम्पुर्ण सरकारी कार्यलयलाई कागज मुक्त बनाउने अभियान पनि सुरू भएको बताएका छन्।

आपुर्ती मन्त्री हुँदा पनि बोहराले अत्यन्तै राम्रो काम गरेका थिए।उनी मन्त्री हुँदा नेपाल आयल निगमको भण्डारण क्षमता एक हप्तालाई पनि नपुग्ने थियो।नाकाबन्दी को समयमा तेलको हाहाकार मच्चिएपछी उनले तेलको भण्डारण क्षमता बढाएर नब्बे दिनको बनाउने काम थालेका थिए र सफल भएका पनि थिए।उनले जुनसुकै समस्या या कसैले नाकाबन्दी गरेपनि कम्तिमा  नब्बे दिन सम्म तेलको आपुर्ती सहज बनाउने काम थालेका थिए र यो आफैमा अत्यन्तै राम्रो काम थियो।तर केही संचारमाध्यमका मालिक र ठेकेदारले ठेक्का नपाएपछी र बोहोराको राम्रो कामलाई ठेक्कामा ढालेर उनको कार्यकालमा उक्त काम सफल हुन नदिने गिरोहले  देशको लागि गरेको राम्रो र राष्ट्रवादी कामको उपहार स्वरूप भ्रष्टचारीको उपाधी गुथिदिए।

बोहराले आखिर सरकारी ढिलासुस्ती र ठेकेदार हरूबाट हुने सुस्ततालाई रोकि देशलाई आफ्नै कार्यकालमा र छिटो तेलमा कम्तीमा नब्बे दिनलाई निर्भर बनाउने उत्कृष्ट काम गरेका थिए।

तर आयल निगमका कार्यकारीको गलत हर्कत र नेपालमा तेलको भण्डारण बढे तेल कालोबजारी घट्ने देख्ने कालोबजारीका माफियाले उनले गरेको यो उत्कृष्ट काम छायामा परेको थियो।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया