काभ्रेमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्य

१० असोज, काभ्रे ।६जनाको मृत्यु हुनेगरी काभ्रेको रोशी गाउँपालिका-३ शिखरआम्बोटेस्थित निङगालेमा मंगलबार बोलेरो जीप दुर्घटना भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् भने एक जना वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चार महिला र एक पुरुषको मृत्यु भएको छ। बनेपाबाट डाँडापारि जाने क्रममा विहान ११ बजेतिर बा १४ च ९५५६ नम्बरको बोलेरो बनेपाबाट डाँडापारि जाने क्रममा दुर्घटनामा परेको हो ।

 

गाडिमा क्षमताभन्दा बढी यात्रु चढेकाले दुर्घटना भएको बताइएको छ । उक्त गाडी दशैं मान्न जानेहरुले रिजर्भ गरेर लगेका थिए।

दुर्घटनामा काभ्रे महाभारत गाउँपालिका २ बस्ने ३५ वर्षीया खेलीमाया बल, २० वर्षीया पुतलीमाया बल, २२ वर्षीया मेहन्दीमाया जिम्बा, २७ वर्षीया मनिता मोक्तान र १९ वर्षीया कुमारी जिम्बाको मृत्यु भएको हो । मृतक अर्का एक जना पुरुषको सनाखत भएको छैन ।

सोही गाडीमा सवार ८ वर्षीया बालिका कृष्टिना मोक्तान हराइरहेको र उनको खोजी भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका काभ्रे महाभारत २ का ८ वर्षीय अभिषेक तामाङलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको छ ।

गाडिमा क्षमताभन्दा बढी यात्रु चढेकाले दुर्घटना भएको अनुमान छ । उक्त गाडी दशैं मान्न जानेहरुले रिजर्भ गरेर लगेको बताइएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया