मन्त्री भएकै दिन दीपक बोहराले गरे यस्तो महत्वपुर्ण निर्णय!

नव नियुक्त विज्ञान तथा प्रविधी मन्त्री दीपक बोहराले पहिलो दिन नै महत्वपूर्ण निर्णय गरेका छन्।राजपत्रमा प्रकाशित सबै सुचना विद्युतिय हुने महत्वपुर्ण निर्णय गरेका बोहराले मुलुकमा आर्थिक समृद्धि कायम गर्नका लागि प्रविधीलाई उत्पादनसँग जोड्ने कार्य आफ्नो प्राथमिकतामा पर्ने  बताए ।

विज्ञान र प्रविधी जस्तो मन्त्रालय दलहरूको रोजाइमा नपर्नाले नै देशमा यस क्षेत्रको विकास सुस्त भएको भन्दै बोहराले देशमा विज्ञानको विकासका लागि युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने तथा नास्टलाई कर्मकाण्डी भन्दा माथी उठाउने बताए।

बोहराले ठुलो अपेक्षा नराखिकन मन्त्रालय अन्तर्गतका कामलाई परिणाममुखी र सकरात्मक रूपले हाइट दिलाउन कर्मचारीलाई आग्रह जरेका थिए।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया