गैर आवासीय नेपाली संघको अध्यक्षमा भुवन भट्टको उम्मेदवारी घोषणा!


काठमाडौं, ३० भदौ ।भुवन भट्टले गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा उम्मेदलारी दिने भएका छन् ।

वर्तमान उपाध्यक्ष भट्टले शनिबार राजधानीको अन्नपूर्ण होटलमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन्।

एनआरएनए र यसको अन्तर्राष्ट्रिय परिषदको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोसणा गरेका भट्ट जापानको एनसीसी सदस्यदेखि अध्यक्ष भएर अन्तर्राष्ट्रिय कोषाध्यक्ष हुँदै हाल दोस्रो कार्यकाल उपाध्यक्षमा रहेका छन्। भट्ट जापान र नेपालमा सफल युवा व्यवसायी हुन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया