आयल निगमका कार्यकारी निर्देशक खड्का बर्खास्त!

काठमाडौं, २ असोज । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरचारले बर्खास्त गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आयल निगमको कार्यकारी निर्देशकबाट खड्कालाई हटाउने निर्णय गरेको हो ।

इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमिता गरेको,निगममा गुटबन्दी गरेको,सहकार्यमा काम नगरेको भन्दै आपूर्ति मन्त्री शिवकुमार मण्डलले खड्कालाई बर्खास्त गर्न प्रस्ताव पेश गरेका थिए।मण्डलले प्रस्तुत गरेको प्रस्तावमा छलफल गर्दै क्याविनेट बैठकले खड्कालाई हटाउने निर्णयमा पुगेको सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया