धुर्मुसको वर्थ डे गिफ्ट- १०७ वर्षीया रामकलिया देवीद्वारा एकिकृत बस्तीको उद्घाटन !

आश्विन ४, २०७४-हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले आफ्नो जन्मदिनको दिन रौतहटमा एकिकृत नमुना बस्तीको शिलान्यास गरेका छन्।उनले एक बृद्धा महिला सँग संयुक्त रूपमा बाढीपीढितका लागि एकीकृत नमुना सन्तपुर बस्तीको शिलान्यास गरेका हुन्।

धुर्मुस–सुन्तली फाउण्डेशनको चौथो परियोजना अन्तर्गतको ‘एकीकृत नमुना सन्तपुर बस्ती’ चन्द्रपुर नगरपालिका– ८ स्थित सन्तपुर गाउँका ४५ बाढीपिडितहरुका लागी  शिलान्यास गरिएको हो । बुधबार बिहान सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली)को साथमा बस्तीकै १०७ वर्षीया रामकलिया देवी हजाराले संयुक्तरुपमा वस्ती शिलान्यास गरेका थिए।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया