पहाडबाट बगेको गाई मधेसमा पनि देखिएन!

समाचार टिप्पणी-

अन्य साना दलले आफ्नो बलियो उपश्थीति देखाइरहँदा संसदको पाँचौ ठुलो दल राप्रपा भने तेस्रो चरणको स्थानिय  चुनावमा पनि गुमनाम बनेको छ।पहिलो र दोस्रो चरणको चुनावमा पनि निम्न मत पाप्त गरेको राप्रपा अहिले पनि सोहि अवस्थामा देखिएको छ।

हालसम्म सार्वजनिक भएको मत परिणाम अनुसार राप्रपाले कुनै तह र वडामा खता खोलेको छैन।सत्तरीको चुनावमा ठुलै चमात्कार गरेका अध्यक्ष थापालाई अहिले भने गाई बचाउनै मुस्किल परेको छ।

पहाडबाट गाइ बगेको भनेर कथन गर्नेले अहिले भने साँच्चै बगेको ठहर गर्न थालेका छन्।कहा गयो त गाई ?पहाडमा पनि छैन,मधेसमा पनि छैन के समुन्द्रमै पुगेको हो त?स्थानिय चुनावको परिणाम हेर्दा त्यस्तै भान हुन्छ।

 

किनकी तेस्रो चरणको दुइ नम्बर प्रदेशमा भएको स्थानिय तहको निर्वाचनमा पनि कमल थापा नेतृत्वको राप्रपा शुन्यप्राय बनेको छ।दुइ नम्बर प्रदेशमा चुनाव हुँदै गर्दा थापा उक्त प्रदेशमा प्रवेश सम्म गर्न सकेनन्।हुन्दुराष्ट्रको नारा बोकेर हिँडेका थापा हिन्दुहरूको उच्च घनत्व रहेको मधेसलाई वेवस्ता गर्दै हिँड्नुले थापाले बोकेको हिन्दुत्व र नेपाल हिन्दुराष्ट्रका रूपमा पुन परिणत हुने कुरा पनि अन्योलमा परेको छ।

पार्टी फुटेपछी थापा स्थानिय तहको चुनाव भन्दपनि संघको चुनावमा आफ्नो सिट सुरक्षित गर्न आतुर देखिएका छन्।दुरदराजका र स्थानिय तहका राजनैतिक कार्यकर्ताको ठुलो राजनैतिक पर्वका रूपमा रहेको स्थानिय चुनावलाई वेवस्ता गर्दै थापा नाराको भजनमा मात्र सिमीत भएपछि राप्रपा भित्र चर्को असन्तुष्टी देखिएको छ।

मधेसबाट पत्तासाफ भएको भनिएको एमालेले आफुलाई मजबुत साबित गरिरहँदा थापाको राप्रपा भने सिरहाको लाहान भन्दा अन्य ठाउँमा देखिन सकेको छैन।

किन हरायो गाई?

नारा को आडमा साङ्गठानिक मजबुत हुँदा पार्टी बलियो हुने यथार्थलाई भुल्नुनै थापाको मुख्य कमजोरी रह्यो।नाराले एउटा माहोलको भोट तान्थ्यो र त्यो थापाले एकपटक पाएपनि तथापि त्यसैलाई आफ्नो शक्तिको मुख्य कारक ठानेपछि परिदृष्यमा राप्रपा कमजोर साबित भएको छ।

साङ्गठानिक अबस्था मजबुत हुँदा एमालेले मधेसमा साख जोगाएको छ।तर नाराको आडमा हिँडेका थापाहरू भने पतन साबित भएका छन्।

स्थानिय चुनावमा जनताले राष्ट्रिय नारा भन्दानि स्थानिय नारा र व्यक्ति रोज्छन तर हिन्दुत्वको जगमा भोट आउने आशमा राप्रपा चुनावमा सुन्य अवस्थामा पुगेको देखिन्छ।

राष्ट्रिय नारामा भोट त्यो अवस्थामा आउँछ जुन बेला उम्मेदवार त्यो नारा राष्ट्रिय स्तरमा उठाउन सक्षम रहन्छन् र त्यो ठाउमा पुग्ने बाटो समात्छन्।

तर हिन्दुत्वको आडमा स्थानिय चुनाव जित्ने लक्ष नै गलत साबित भएको छ।किनकि स्थानिय चुनाव जित्न स्थानिय स्तरमा भिजेको,स्थानिय स्तरको पब्लिक रिलेसन भएको ,स्थानिय स्तरमा काम गर्न सक्ने र स्थानिय स्तरमा जनताको रोजाइमा भएको जल्दोबल्दो उम्मेदवार आवस्यकता पर्दछ।

हिन्दुत्वको नारा फलापि टाउको मात्र देखाउने उम्मेदवारले स्थानिय चुनाव नजित्ने स्पष्ट भएको छ।

थापाले संविधानसभा र संसदमा भएको आफ्नो पोजिसन अनुरूप अनावस्यक राष्ट्रिय राजनीतिको अपनत्व लिन खोजे र एउटा लोकप्रिय नारालाई पक्ष विपक्षको चेपुवामा पारे।मधेसका अधिक लोक हिन्दुराष्ट्रका पक्षमा हुँदाहुँदै पनि थापाको राष्ट्रिय राजनीतिको चरित्रले मधेसीले गाइ चिन्ह रोज्न इन्कार गरे र यस चुनावमा  पहाडबाट बगेको गाई मधेसी हिन्दुले समेत रोक्न कुनै पहल र आँट गरेनन्।

 

पहाडमा सुन्य अवस्थामा पुगेको गाइलाई तत्कालिन समयमा बगाएको भन्ने उक्ति पनि चर्चामा आयो तथापि पहाडबाट बगेको गाई मधेसमा देखिएन।कहाँ गयो त थापाको गाई? अहिलेको सार्वधिक चर्चाको विषय र प्रश्न बनेको छ।यसर्थ गाई समुन्द्रमै पुगेको हो कि भन्ने विचार सामाजिक संजालमा छरपस्ट देखिन थालेको छ।

त्यसर्थ गाइ बग्नुमा थापाको अस्थिर चरित्र कारण रहेको पनि बुझ्न सकिन्छ।अबका दिनमा समुन्द्रमै पुगेको भएपनि हिन्दु नेपालीको मनमा चोट नपुग्ने किसीमको व्यवहार थापाले देखाएमा गाई पुन गाउँ फर्कन सक्ने सम्भावना देखिन्छ।

 

हेरौ यसमा थापा कति सफल रहन्छन्।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया