शिक्षा ऐनको नवौ संसोधन विरूद्ध संयुक्त विद्यार्थी सङ्गठन आन्दोलित!

शिक्षा ऐनको नवौ संसोधनको विरूद्ध संयुक्त विद्यार्थी सङ्गठनले आन्दोलनको घोषणा गरेको छ।आज रिपोर्टर्स क्लवमा एक साक्षात्कार कार्यक्रम पछि एक विज्ञप्ति जारी गर्दै संयुक्त विद्यार्थी सङ्गठनले चरणबद्ध आन्दोलनको घोषमा गरेको अनेरास्ववियु प्रवक्ता सुदिप शर्माले जानकारी दिनुभयो।

नेविसंघ,अनेरास्ववियु र अखिल क्रान्तिकारीका शिर्ष विद्यार्थी नेतृत्वले शिक्षा ऐन संसोधनको विरोध गरेका हुन्।

शिक्षा ऐनले समग्र शिक्षा प्रणालीलाई ध्वस्त पार्न खोजेको भन्दै विद्यार्थी नेताहरूले ऐन फिर्ताको माग गरेका छन्।

सरकारले भदौ उन्नाइसमा मा राष्ट्रिय उच्च स्तरीय शिक्षा आयोगको गठन गरेको थियो।शिक्षा मन्त्रीको अध्यक्षतामा गठन भएको पैसठ्ठी सदस्यिय आयोग ले उक्त ऐन फास्ट ट्रयाकका नाममा संसदबाट पारित गरेको थियो।उक्त ऐन विद्यार्थी र सम्पुर्ण शिक्षा क्षेत्रकै विरूद्धमा रहेको भन्दै उक्त आयोग बाट वरिष्ठ शिक्षा विद्धद्वय केदारभक्त माथेमा र मनप्रसाद वाग्लेले राजिनामा दिएका थिए।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया