विरगंजमा फोरमका सरागवीको अग्रता

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार संघीय समाजवादी फोरमका विजय सरावगीले आफ्नो अग्रता बढाउदै लागेका छन्।सरवगीले प्रतिद्वन्दी कांग्रेसका अजय द्विवेदीलाई ९८४ मतले पछाडी पारेका छन् ।

पछिल्लो परिणाम अनुसार फोरमका विजयी सरावगीले १४३१२ मत ल्याएका छन् भने कांग्रेसका अजयकुमार द्विवेदीले १३३२८ मत ल्याएका छन् । त्यस्तै राजपाका मेयर पदका उम्मेदवार राजेशमान सिंहले ८९२२ मत , एमालेका उम्मेदवार बशरुद्दीन अन्सारीले ६७९४ मत, माओवादीका उम्मेदवार रह्बर अन्सारीले ६३२८ मत र लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार बिमल श्रीवास्तवले ५०८५ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा भने कांग्रेसकी उम्मेदवार शान्ति कार्कीले १५११३ मत ल्याएर अगाडी रहेकी छन् भने संघीय समाजवादी फोरमकी पिंकी यादवले १३३६३ मत ल्याएकी छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया