सरकारलाई टेरेन चिकित्सक संघले- माग पुरा नभए सम्म बिरामी नहेर्ने!

काठमाडौं, ९ असोज– सरकारले केही दिन अघि चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भए सम्बन्धित चिकित्सकले नै क्षतिपूर्ति तिर्नुपर्ने कानून निर्माण गर्ने निर्णय गरेको  विरोधमा  देशभरका अस्पताल तथा स्वास्थ्य संस्था बन्द गरी आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघले सरकारले सेवा प्रवाह गर्न गरेको आग्रह नमान्ने बताएको छ।आज मन्त्रीपरिषदको बैठक पछि सरकारले स्वास्थ्य सेवा प्रबाह गर्न चिकित्सकलाई आग्रह गरेको थियो। तर सरकारको आग्रहलाई वेवास्ता गर्दै अस्पताल तथा स्वास्थ्य संस्था बन्दको कार्यक्रम फिर्ता नलिने अडान संघले लिएको छ।

 

चिकित्सकका आन्दोलनका कारण अहीले देशभरका अस्पतालमा आकस्मिक बाहेकका अन्य सेवा ठप्प छन् भने हजारौ बिरामी मर्कामा परेका छन्।

आज आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किए माग पूरा गर्ने भन्दै आन्दोलन स्थगित गरेर सेवामा फर्किन आन्दोलनरत चिकित्सकलाई अनुरोध गरेको थियो ।

तर चिकित्सक संघले भने मन्त्रिपरिषदको आग्रहलाई गैरजिम्मेवार अभिव्यक्तिको रुपमा टिप्पणी गरेको छ । संघले सोमवार अपराह्न एक विज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रम जारी रहने घोषणा गरेको हो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया