निर्वाचन आयोगले गर्यो गम्भिर त्रुटी,राप्रपा प्रजातान्त्रिक ६७ औ नम्बरमा?

काठमाडौं ९ असोज–सोमबार एक सुचना जारी गर्दै  निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि ९१ वटा दललाई चुनाव चिह्न प्रदान गरेको छ ।

साथै चुनावलाई सहजता प्रदान गर्नुपर्ने जिम्मेबारी पाएको आयोगले झनै जटिलता तर्फ धकेलेर गम्भिर त्रुटी गरेको भेटिएको छ।आयोगले एउटै एउटै देखिने चुनाव चिन्ह एक भन्दा बढी पार्टीलाई दिएको छ।

साथै आयोगले कानुन मिचेर चिन्हको रोलक्रम बिगारेको पनि पाइएको छ।संसदमा छैठौ ठुलो दलको रूपमा रहेको राप्रपा प्रजातान्त्रिकलाई उसले सत्सठ्ठी औ नम्बरमा चिन्ह प्रदान गरेको छ।
कतिपय दलको चुनाव चिह्न उस्तै उस्तै छन् । जसले मतदाता झुक्किने खतरा देखिएको छ । ५ नम्बरमा रहेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को चुनाव चिह्न छाता छ भने ३५ नम्बरको जनशक्ति नेपालको चुनाव चिह्न गोलाकार भित्रको छाता छ ।
३२ नम्बरमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न आयाताकार भित्रको हलो छ भने ६७ नम्बरको राप्रपा प्रजातान्त्रिकको चुनाव चिह्न गोलाकार भित्रको हलो छ । ८ नम्बरको नेकपा मालेको चुनाव चिह्न हसिया तारा छ भने १० नम्बरमा रहेको नेकपा संयुक्तको चुनाव चिह्न हसिया मात्र छ ।
५९ नम्बरमा नयाँ शक्तिको चुनाव चिह्न देब्रे आँखा छ भने ६२ नम्बरमा नेपाली लोकतान्त्रिक कांग्रेसको चुनाव चिह्न दुइवटा आखाँ छ । ७५ नम्बरमा हिन्दु प्रजातान्त्रिक पार्टीको चुनाव चिह्न महिला छ भने ८५ नम्बरमा नेपाल आमा पार्टीको चुनाव चिह्न बच्चा काखमा लिएकी आमा र मातृभूमि नेपाल दलको चुनाव चिह्न गाग्री कोकेकी महिला रहेको छ ।
यसैगरी ८१ नम्बरमा पुरुष र ९० नम्बरमा सिपाही चुनाव चिह्न छ । २१ देखि २४ सम्म लगातार तीनवटा चरा छ । २१ नम्बरमा सुगा, २२ नम्बरमा चुच्चोले चिट्ठी बोकेर उड्न लागेको परेवा र २३ मा डाँफे चुनाव चिह्न छ । ७९ नम्बरमा परेवा चुनाव चिह्न छ । 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया